१८ मंसिर २०७९, आईतवार
 |   Sun Dec 4 2022
Logo

गौतमलाई मायाजालमा पारी पूर्वमाओवादीलाई घोक्रेठ्याक लगाउने ओलीको योजना



काठमाडौं : मंसिर ३, लामो समयदेखि सत्तारुढ नेकपा भित्र बखेडा झिकेर विपक्षीहरुलाई हैरान पारेका सत्तारुढ नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादीको बादल समुहलाई आफ्नो पक्षमा ल्याउनका तीब्र चलखेल गरिरहेका छन् । आज बसेको सचिवालयको बैठकमा प्रचण्डको ‘काउन्टर’ मा छुट्टै प्रस्ताव ल्याउन १० दिनको समय मागेका ओलीले पूर्वमाओवादीको बादल समुहलाई मनाउन दौडधुप गरेको सत्तारुढ नेकपाको उच्च स्रोतको दाबी छ । ओलीले अगामी मंसिर १३ गते बस्ने बैठक सचिवालय बैठकमा आफ्नो प्रस्ताव पेश गर्ने बताए पनि संसदीय दलमा बहुमत पुर्याएर पार्टी फुटाउनका लागि १० दिनको समय मागेको स्रोतले बतायो ।

सत्तारुढ नेकपाको विश्वस्त स्रोतले समाजवाद डटटिभीसँग भन्यो, अहिले ओली कमरेडले पूर्वमाओवादीका ४ जना सांसदहरुलाई आफ्नो पक्षमा पार्न समय मागेका हुन् । बिषेश गरी गृहमन्त्री बादलका विश्वासपात्र देवप्रसाद गुरुगंलाई फकाउन १० दिनको समय माग गरेका हुन् । ओलीले माओवादीका चार सांसदहरु बादल, देव गुरुङ, टोपबहादुर रायमाझी र लेखराज भट्टलाई आफ्नो पक्षमा लिएर संसदीय दलमा बहुमत पुर्याइ पार्टी विभाजन गर्ने गोप्य योजना बनाएका छन् । त्यसकै लागि सचिवायलको बैठक १३ गते बस्ने निर्णय गरिएको हो ती नेताले भने ।

तर ओलीलाई पूर्वमाओवादीका नेता देवप्रसाद गुरुङलाई फकाउन भने निक्कै कठीन हुने ती नेताले ठोकुवा गरे । बादल समुहका देब गुरुङ टोपबहादुर रायमाझी र लेखराज भट्टजस्ता अवसरवादी छैनन् । उनी आफ्नो अडानमा दृढ भएर उभिने गर्छन् । उनलाई फकाउन कमरेड ओलीका लागि फलामको चिउरा चपाए बराबर हुनेछ । अहिले बादल प्रचण्ड(नेपाल कित्तामा उभिनुको कारण पनि नेता देव गुरुङ नै हुन् । यदी १० दिनको समयमा ओली कमरेडले गुरुङलाई फकाउन सफल भए बादल पनि ओलीकै पक्षमा उभिने छन् । त्यसपश्चात ओलीलाई पार्टी फुटाउन सहज हुनेछ सत्तारुढ पार्टीको विश्वस्त स्रोतले भन्यो ।

बामदेवलाई पनि मायाजालमा पार्ने ओलीको रणनीति

त्यस्तै ओलीले देव गुरुङलाई फकाउन असमर्थ भएमा पुनस् मायाजालमा पार्ने र त्यसपछि पूर्वमाओवादीलाई लखेट्ने योजना बनाएको स्रोतको दाबी । तत्कालीन एमालको काठमाडौंमा भएको ९ औँ महाधिबेशनमा नेता वामदेव गौतमको बुँइ चढेर ओली पार्टी अध्यक्ष बने । नेपाललाई झिनो मतअन्तरले पराजित गरे । खोलो तर्यो लौरो बिस्र्यो भने झै ओलीले वामदेवलाई धोका मात्रै दिए । २०७४ सालमा भएको प्रतिनिधि सभाको चुनावमा आफ्नो लागि तगारो बन्ने ठानेर ओलीले वामदेव गौतममाथि विश्वासघात गर्दै बर्दियामा कांग्रेसलाई जिताए ।

त्यस्तै गौतमलाई राष्टिय सभामा ल्याउन ओली अनिच्छुक थिए तर पार्टीको दबाब थेग्न नसकेपछि बाध्य भए । गत बर्षको माघदेखि पार्टीमा ओली र इतर समुहको घामासान लडाई पर्यो । तर वामदेवलाई विभिन्न झुट्टा आश्वासन दिएर पटक(पटक घात गरे । वामदेव विक्षिप्त भएर प्रचण्ड(नेपालको कित्तामा गएपछि चरम संकटमा परेका ओलीले १० दिनको समय भित्र वामदेवलाई आफ्नो मायाजालमा फसाउने गोेप्य योजना बनाएको सत्तारुढ नेकपाको उच्च स्रोतको दाबी छ । यदि वामदेवले ओलीलाई साथ दिइहाले पूर्वमाओवादीहरुलाई घोक्रेठ्याक लगाएर पार्टीबाट लखेटने ओलीको योजना रहेको ती नेताले दाबी गरे । तर वामदेव गौतमले आज साँझ विज्ञप्तिजारी गर्दै आफु ओलीको कित्तामा नरहेर प्रचण्ड नेपालकै कित्तामा रहेको प्रष्ट पारिसकेको छन् ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: