२० माघ २०७९, शुक्रबार
 |   Fri Feb 3 2023
Logo

कोरोना खोप अबिष्कार गरेको अमेरिकी दाबी लगत्तै नेपालमा औषधिसम्बन्धी अध्यादेश जारी



काठमाडौं : मंसिर ४, अन्तर्राष्ट्रियस्तरमा उत्पादन भइरहेका कोरोनाभाइरसविरुद्धको खोप र औषधि अब नेपालमा पनि प्रयोग गर्न सकिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार औषधिसम्बन्धी अध्यादेश–२०७७ जारी गरेपछि महामारीको समयमा विदेशमा प्रयोग गरिएका औषधि र खोप नेपालमा पनि प्रयोग गर्न र ‘क्लिनिकल ट्रायल’समेत गर्न सकिने भएको हो । अमेरिकी कम्पनी मोडरीना र फाईजरले कोरोनाको खोप करिब ९० प्रतिशत बढी प्रभावकारी भएको घोषणा गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार औषधिसम्बन्धी अध्यादेश–२०७७ जारी गरेकी हुन् । जबकी अमेरिकी औषधि कम्पनीहरुले खोप बनाउनु भन्दा पहिल्यै चीनका ३ वटा र रुसको स्तानिक ५ नामको खोप तेस्रो चरणमा क्लिनिकल ट्रायल भईरहेका छन् । चीन र रुसले निर्माण गरेको कोरोनाको खोप तेस्रो चरणमा तेस्रो चरणमा क्लिनिकल ट्रायल भईरहँदासम्म नेपालले औषधिसम्बन्धि विधेयक जारी गर्न निक्कै ढिलासुस्ती गरेको आलोचकहरु बताउँछन् ।

कोरोनाभाइरसविरुद्धको खोप वा औषधि आपत्कालीन प्रयोगका लागि नेपाल ल्याउन सकिने अध्यादेश जारी भएसँगै महामारीको समयमा अन्य देशले प्रयोग गरेको औषधि र खोप नेपालमा प्रयोग गर्ने बाटो खुलेको छ । यसअघि, कोरोनाभाइरसविरुद्ध बनिरहेको खोप नेपालमा प्रयोग गर्न सकिने सरकारले निर्णय गरेको थियो । जसका लागि अध्यादेश बनाउने निर्णय भएको थियो । सोअनुरुप राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार औषधि तेस्रो संशोधन अध्यादेश जारी गरेकी हुन् । योसँगै महामारीको रुपमा फैलिएको संक्रामक रोगको रोकथाम र निर्मूलीकरण गर्न विश्व स्वास्थ्य संगठनले स्वीकृत गरेका र सम्बन्धित देशमा दर्ता भएका औषधि वा खोप ती देशले आपत्कालीन प्रयोग गर्न स्वीकृत दिए नेपालमा प्रयोग गर्न सकिन्छ । ती औषधि औषधि व्यवस्थापन विभागमा दर्ता गरेरमात्र प्रयोग गर्नुपर्ने अध्यादेशमा उल्लेख गरिएको छ । तत्काल नेपालमा खोप ल्याउनका लागि झन्डै ७० अर्ब रुपैयाँ बराबर खर्च हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आपत्कालीन प्रयोगका लागि दर्ता भएका औषधि वा खोपको क्लिनिकल ट्रायल गर्नुपर्दैन । अध्यादेशले अब विदेशमा बनेका खोप र औषधि नेपालमा क्लिनिकल ट्रायल गर्न सकिने कानुनी बाटोसमेत खुलाएको छ । विदेशमा क्लिनिकल ट्रायल गरिरहेका संस्थाले नेपालमा पनि खोप वा औषधि क्लिनिकल ट्रायल गर्न चाहेमा पाउने बाटो खुला भएको हो । विदेशी सम्बन्धित निकायको अनुमतिमा नेपालमा पनि क्लिनिकल ट्रायल गर्न चाहे नेपाल सरकारले दिन सक्ने व्यवस्था अध्यादेशमा उल्लेख गरिएको छ । ती खोप तेस्रो चरणको क्लिनिक ट्रायलपश्चातमात्र नेपालमा ट्रायल गरिनेछ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय