Monday, September 9, 2024

ट्रेन्डिङ :

केन्द्रीय तथ्यांक विभागमा कर्मचारीको माग, मासिक तलब २८ हजार २०० दिइने

काठमाडौँ- केन्द्रीय तथ्यांक विभागले १२ औं राष्ट्रिय जनगणनाका लागि २२ जना कर्मचारी करारमा नियुक्त गर्ने भएको छ । स्थानीय तहहरूको गणना क्षेत्र नक्सा तयारीका लागि २२ जना तथ्यांक संकलक र डिजिटाइजर करारमा नियुक्त गर्न लागेको हो । जिओमेटिक्स इन्जिनियरिङमा डिप्लोमा उत्तीर्ण वा प्रमाणपत्र (प्लस टु) उत्तीर्ण गरी तीन महिना जीआइएस सम्बन्धी काम गरेको व्यक्तिले यो पदका लागि आवेदन दिन सक्ने विभागले जनाएको छ ।

योग्य उम्मेदवारहरूलाई सात दिनभित्र विभागको प्रशासन शाखामा आवेदन दिन भनिएको छ । बढीमा आगामी फागुन मसान्त सम्म करार अवधी रहने यो पदका लागि मासिक पारिश्रमिक २८ हजार २०० तोकिएको छ । १२ औं राष्ट्रिय जनगणना २०७८ जेठ २५ देखि असार ८ सम्म हुने भनिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?