११ चैत्र २०७९, शनिबार
 |   Sat Mar 25 2023
Logo

काठमाडौं उपत्यकामा ११०७ सहित देशभर १९४५ जनामा कोरोना संक्रमण पुष्टि, २२ जनाको मृत्यु



काठमाडौं- पछिल्लो २४ घन्टामा देशभर १० हजार ३ सय ४० जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज निको भएर घर फर्किनेको संख्या ५ हजार ३ सय ६४ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ रहेको छ ।

पछिल्लो २४ घन्टामा काठमाण्डौ उपत्यकामा संक्रमतिको संख्या १ हजार १ सय ७ रहेको छ । जसमध्ये ४ सय ८४ महिला र ६ सय २३ पुरुष रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !