११ चैत्र २०७९, शनिबार
 |   Sat Mar 25 2023
Logo

सुदूरपश्चिममा थप ६५ जनामा कोरोना संक्रमण, मृतकको संख्या ३५ पुग्यो



धनगढी : मंसिर ५, सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार शुक्रबार प्रदेशका दुईवटा प्रयोगशालामा गरिएको परिक्षणमा ६५ जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा ३८ जना र डडेल्धुरा अस्पतालको प्रयोगशालामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार संक्रमण पुष्टि भएका मध्य कैलालीका ३८ जना, बैतडीका ३ जना, बाजुरा १ जना, डडेल्धुराका ५ जना, दार्चुलाका १७ जना र डोटीका एक जना रहेको प्रबक्ता कार्कीले जानकारी दिए। योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ६ सय ६९ पुगेको छ। यसैगरी शुक्रबार प्रदेशभरीबाट १२ जना संक्रमित डिष्चार्ज भएको र डिष्चार्ज हुनेको संख्या ८ हजार ८ सय ६१ पुगेको मन्त्रालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ।


प्रतिक्रिया दिनुहोस !