१४ मंसिर २०७९, बुधबार
 |   Wed Nov 30 2022
Logo

ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्फोट



काठमाडौं : मंसिर ७, उदयपुर जिल्लाको ताप्ली गाउँपालिकाको कार्यालयमा आज्ञात समुहले बम विस्फोट गराएको छ। शनिबार राति करिब १ बजे गाउँपालिकाको कार्यालयमा सुतली बम बिस्फोट भएको उदयपुरका प्रहरी प्रमुख एसपी भीमप्रसाद दाहालले बताएका छन् । एसपी दाहालका अनुसार बम बिस्फोटबाट कार्यालयमा क्षति पुगेको छ। कार्यालयका झ्यालढोकाका सिसा फुटेका छन् भने भवन चर्किएको छ।

यस्तै कार्यालयको गेटमा समेत एउटा बम फेला परेको र उक्त बम डिस्पोज गर्नका लागि नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको एसपी दाहालले बताए। घटनास्थलमा इलाका प्रहरी कार्यालय कटारीबाट डीएसपीको कमान्डमा प्रहरी टोली पुगिसकेको छ । अहिलेसम्म बम कसले बिस्फोट गरायो भन्ने खुलिसकेको छैन। घटनास्थलमा कुनै पर्चा, पम्प्लेट नभेटिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: