Friday, January 17, 2025

ट्रेन्डिङ :

सत्तारुढ पार्टीको फुट बचाउँदै आएकी चिनियाँ राजदूत यान्छीको प्रचण्डसँग भेटघाट

spot_img
spot_img
spot_img

काठमाडौं : मंसिर ८, पटकपटक सत्तारुढ नेकपाको पार्टी फुटलाई हस्तक्षेप गरेर बचाउँदै आएकी नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले सत्तारुढ नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छिन् । सोमरबार बिहान खुमलटारस्थित प्रचण्डको निवासमै पुगेर राजदूत यान्छीले भेट गरेको बताइएको छ । पछिल्लो समय सत्तारुढ नेकपाको आन्तरिक विवाद र दक्षिणी तथा उत्तरी छिमेकी देशको बढ्दो कूटनीतिक चासोका बीच राजदूत यान्छीको यो भेटलाइ अर्थपूर्ण रूपमा हेरिएको छ । केही दिनपछि नै चीनबाट नेपालमा उच्चस्तरीय राजनीतिक भ्रमण हुन लागिरहेको छ ।

चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङहे मंसिर १४ मा नेपाल भ्रमणमा आउने तय भएको छ । यसअघि भारतीय स्थल सेनाध्यक्षले पनि नेपाल भ्रमण गरिसकेका छन् । यद्यपि यान्छीसँगको भेटमा के कुरा भयो भन्नेबारे केही खुलाइएको छैन । यान्छीले केही दिनपहिले सत्तारुढ पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी थिईन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?