Saturday, February 15, 2025

ट्रेन्डिङ :

नेपालमा ९० प्रतिशत कोरोना संक्रमित निको भए, १ हजार ३ सय २१ जनाको मृत्यु

spot_img
spot_img
spot_img

झापा मंसिर ८, नेपालमा कोरोना संक्रमणबाट निको हुने संख्यामा उल्लेख्य सुधार देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ९०.३४ प्रतिशत संक्रमित निको भएका छन्। देशभर २ लाख २० हजार ३ सय ८ जनामा संक्रमण देखिँदा अहिले २० हजार एक सय ६६ संक्रिय संक्रमित छन्। अहिलेसम्म एक हजार ३ सय २१ जनाको मृत्यु भएको छ। विश्वमा भने झन्डै ६ करोड मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयले उल्लेख गरेको तथ्यांकमा विश्वमा हालसम्म ५ करोड ८५ लाख ८ हजार २ सय ७१ जना व्यक्तिमा संक्रमण पुष्टि भएकोमा ४ करोड ४७ लाख ३ हजार ८ सय २१ जना निको भएका छन्। अर्थात विश्वमा संक्रमणमुक्त हुनेको दर ६९.२ प्रतिशत छ। यो हेर्दा नेपालमा संक्रमितको निको हुने दर विश्वभरको निको हुने दरभन्दा निकै राम्रो देखिएको छ। पछिल्लो समय नेपालमा परीक्षण दर भने घटेको छ। आइतबार जम्मा ८ हजार ३२ जनाको परीक्षण गरिएको छ। ताकि मन्त्रालयले दैनिक परीक्षण क्षमता २६ हजार रहेको दाबी गर्दै आएको छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?