Monday, September 9, 2024

ट्रेन्डिङ :

आजदेखि कक्षा १२ को परिक्षा

काठमाडौं : मंसिर ९, कोरोना भाइरस (कोभिड–१९ं) को महामारी र लकडाउनका कारण गत वैशाखमा रोकिएको कक्षा १२ को परीक्षा आजबाट शुरु हुँदै छ । परीक्षामा देशभरबाट ४ लाख ३२ हजार ५ सय विद्यार्थी सहभागी हुँदैछन् । परीक्षा समय बढीमा साढे १ घण्टाको हुने छ । देशभरका ४ हजार १ सय ५ विद्यालयमा परीक्षा केन्द्र राखिएको छ भने भौतिक दूरी कायम गरेर पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाउँदै परीक्षा सञ्चान हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यसअघि शिक्षामन्त्री गिरिराज पोखरेलले विद्यार्थीहरूलाइ ढुक्क भएर परीक्षा दिन अनुरोध गरेका थियो । कोरोना संक्रमण हुन नदिन प्रत्येक परीक्षा केन्द्रमा हेल्थ डेस्क राखिने र परीक्षामा सामेल हुने विद्यार्थीको ज्वरो अनिवार्यरुपमा परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको मन्ज्त्री पोखरेलले जानकारी दिएका थिए । परीक्षार्थीहरूले मास्क अनिवार्य रूपमा लगाउनुपर्ने छ ।

परीक्षाका क्रममा एउटा कोठामा २ मिटरको दूरी कायम गरी बढीमा २० जनासम्म मात्र राख्न पाइने व्यवस्था बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले जानकारी दिए । साथै घरपायक फरक जिल्लाबाट पनि परीक्षा दिन सकिनेछ । यसरी फरक जिल्लाबाट दिने विद्यार्थीको संख्या करिब १३ हजार रहेको छ । स्थानीय सरकारहरूको सहयोगमा परीक्षा व्यवस्थापन गरिएको उनले जानकारी दिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?