Saturday, January 18, 2025

ट्रेन्डिङ :

बर्दीबासमा प्रहरीले गोली चलाउँदा २ जना गम्भीर घाइते

spot_img
spot_img
spot_img

काठमाडौं : मंसिर ९, महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्याको विरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दुई जना गम्भीर घाइते भएका छन् । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर दुई जना गम्भीर घाइते भएका हुन् । घाइते हुनेमा बर्दिबास नगरपालिका–५ का श्याम कार्की र वडा नम्बर १४ का अफताब आलम छन् । घाइतेको उपचार भइरहेको छ ।

महोत्तरीको बर्दिबास नगरपालिका–१४ शुभम बस्तीबाट हराएकी ६ वर्षीय बालिका गुलाब साहको सोमबार मध्यरातमा बोरामा शव फेला परेपछि स्थानीय आक्रोशित भई प्रदर्शनमा उत्रिएका हुन् । स्थानीयले बलात्कारपछि हत्या भएको आशंका गरेका छन् । हत्या अभियोगमा पक्राउ परेका गौशाला नगरपालिका–५ का अरुणकुमार साहको बर्दिबासस्थित घरमा प्रदर्शनकारीले आगजनी गरिदिएका छन् ।

प्रदर्शनकारीले महेन्द्र राजमार्गमा शव राखेर प्रदर्शन गरेका थिए । प्रहरीले शव नियन्त्रणमा लिएको छ भने प्रदर्शनलाई तितरबितर पनि पारेको छ । परिस्थिति नियन्त्रणका लागि घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ । बालिकाको शव बोरामा राखेर फालेको अवस्थामा फेला परेपछि हत्याको आरोपमा साहलाई इलाका प्रहरी कार्यालय बर्दिवासले नियन्त्रणमा लिएको छ ।

बर्दिवास नगरपालिका–१४ शुभम् बस्तीका शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुन आइतबार साँझदेखि बेपत्ता भएकामा सोमबार साँझ घर नजिकै उनको शव बोरामा पोको पारेको फालेको अवस्थामा फेला परेको थियो । बस्तीमा रहेको सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चितर्फको खाली जग्गामा बालिकाको शव भेटिएको थियो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?