१८ मंसिर २०७९, आईतवार
 |   Sun Dec 4 2022
Logo

बर्दिबासमा प्रदर्शनकारी र प्रहरीबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार



महोत्तरी : मंसिर १०, बर्दिबासमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रदर्शनकारीहरुले बर्दिबास नगर प्रमुखको पुत्ला दहन गर्ने क्रममा झडप भएको हो। प्रदर्शनका क्रममा प्रहरीद्वारा करिब एक दर्जन राउण्ड अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले अश्रुग्यास प्रहार गरेपछि प्रदर्शनकारीको भिड तितरबितर भएको छ । 

मङ्गलबार प्रहरीको गोली लागी घाइते भएका बर्दिवास–१ का बुद्धिराज न्यौपानेको उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको खबरले यहाँ आज फेरि आन्दोलन चर्केको हो । सम्भावित अप्रिय घटनालाई रोक्न स्थानीय प्रशासनले बुधबार बिहान ९ बजेदेखि भोलि बिहानसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: