२५ माघ २०७९, बुधबार
 |   Wed Feb 8 2023
Logo

आज नेपालमा कोरोनाबाट थप २८ जनाको मृत्यु



काठमाडौं : मंसिर १०, पछिल्लो २४ घण्टामा नेपालमा थप २८ जनाको मृत्यु भएको छ। यो संगै मृतकको संख्या भने १३ सय ८९ पुगेको छ। 

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार नेपालमा कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ भने २ लाख ७ हजार ९९८ जना डिस्चार्ज भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ जना रहेका छन्। मन्त्रालयका अनुसार २४ घण्टामा ९ हजार २१० जनाको पीसीआर भएको थियो । 

अहिले देशभर होम आइसोलेनमा १० हजार १८४ र संस्थागत आइसोलेशनमा ६ हजार ४५५ जना रहेका छन् । क्वारेन्टिनमा भने ६६९ जनामात्र छन् । आईसीयूमा ३४५ जना छन् भने ६३ जनाको भेन्टिलेटरमा उपचार भइराखेको छ । 


प्रतिक्रिया दिनुहोस !