Tuesday, January 14, 2025

ट्रेन्डिङ :

भारतीय विदेश सचिव श्रृंगला आज नेपाल आउँदै

spot_img
spot_img
spot_img

काठमाडौं : मंसिर ११, भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि आज (बिहीबार) नेपाल आउँदैछन् । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालको औपचारिक निमन्त्रणामा श्रृंगला बिहीबार बिहान १० बजे विशेष विमानमार्फत नेपाल आउन थालगेका हुन् । नेपाल आएलगत्तै लागेका श्रृंगला उच्चस्तरीय भेटवार्तामा ब्यस्त हुनेछन् । भेट महत्वपूर्ण मानिएको छ । सीमा विवादका विषयमा औपचारिक रुपमा छलफल नहुने भएपनि अनौपचारिक कुराकानी भने हुनसक्ने अनुमान गरिएको छ ।

भेटमा दुई देशबीचको सम्बन्ध र भविष्यमा दुई देशबीच हुने उच्चस्तरीय भ्रमणका बारेमा कुराकानी हुने बताइएको छ । श्रृंगलाले प्रमुख प्रतिपक्षी दल कांग्रेस, अर्को प्रतिपक्षी दल जनता समाजवादी पार्टीका शीर्ष नेतासँग पनि शिष्टाचार वार्ता हुने कार्यक्रम छ ।

विदेश मामिलासम्बन्धी थिंकट्यांक एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (एआइडिआइए) को आयोजनामा विदेशसचिव शृंगलाले होटेल सोल्टीमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?