काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४६० जनामा पीसीआर परीक्षण गर्दा १७०३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख २९ हजार ३४३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १२३६ रहेको छ । हालसम्म २ लाख ९ हजार ४३५ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५९९, भक्तपुरमा ६३ र ललितपुरमा १६० जना कोरोना संक्रमित थपिएका छन्।
नेपालमा हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १७ हजार २३७ रहेको छ ।