२० माघ २०७९, शुक्रबार
 |   Fri Feb 3 2023
Logo

भारतले नेपाली सीमा मिचिरहे पनि जम्मु–कश्मीरमा भारतीय सीमाको लागि एक नेपालीले गुमाए आफ्नो ज्यान



एजेन्सी- भारतीय सेनामा कार्यरत एक नेपालीको दोहोरो भिडन्तमा परेर मृत्यु भएको छ । जम्मु–कश्मीरमा भएको दोहोरो गोली हानाहानमा नायक प्रेमबहादुर खत्री र राइफल्यान सुखवीर सिंहको गोली लागेर मृत्यु भएको भारतीय सेनाले जानकारी दिएको छ ।

उनको पाकिस्तानतर्फबाट चलेको गोली लागेर मृत्यु भएको भारतीय सैनिक अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । १३ वर्षदेखि भारतीय सेनामा कार्यरत मृतक खत्री दाङको तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निवासी हुन् । उनका श्रीमती, सात वर्षीय छोरी र पाँच वर्षीय छोरा छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय