काठमाडौं- पछिल्लो २४ घण्टामा थप १२५५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ । उनीहरुमध्ये २ लाख १२ हजार ५९० जना संक्रमणमुक्त भएका छन् भने १४७९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर १७ हजार ९०९ संक्रिय संक्रमित छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४२२, भक्तपुरमा ६५ र ललितपुरमा ६१ जना कोरोना संक्रमित थपिएका छन्।