१५ मंसिर २०७९, बिहीबार
 |   Thu Dec 1 2022
Logo

नाइजेरियामा बोको हरामको हमला, ११० किसान मारिए



मंसिर । नाइजेरियामा सशस्त्र समूहकाे भीषण हमलामा कम्तिमा ११० जना किसान मारिएका छन् । त्यहाँको उत्तरपूर्वी क्षेत्रस्थित कोशोब र माइदुगुरी सहर नजिकैको ग्रामीण भेगमा बोको हरामले गरेका हमलाबाट ती किसानहरूकाे मृत्यु भएकाे हाे ।

समाचार एजेन्सीहरूका अनुसार प्रारम्भिक चरणमा कोशोबस्थित खेतमा काम गरिरहेका ४३ किसान मारिएका थिए । तर पछि अन्य ग्रामिण भेगमा पनि ७० जनाकाे हत्या भएकाे बताइएकाे छ । शनिबार भएकाे उक्त हमालामा जम्मा ११० किसान मारिएको समाचार अन्तर्राष्ट्रिय मिडियाले प्रकाशित गरेका छन् ।

नाइजेरियाका ग्रामिण इलाकामा सशस्त्र समूह बोको हराम सक्रिय रहँदैआएको छ । त्यहाँस्थित संयुक्त राष्ट्रसंघीय मानवीय संयोजक संस्थाले सुरुमा मोटरसाइकलमा आएका मानिसले खेतमा काम गरिरहेका किसानलाई लक्षित गरी हमला गरेकाे बताएकाे छ ।

बोको हराम र इस्लामिक इस्टेट जस्ता अतिवादी समूहद्वारा पछिल्लो एक दशकमा त्यहाँका तिनै ग्रामीण इलाकामा मात्रै ३० हजार मानिस मारिएका छन् । साथै थुप्रै मानिस छिमेकी नाइजर, चाड र केमरुन लगायत देशमा विस्थापित भएका छन् ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: