Thursday, January 23, 2025

ट्रेन्डिङ :

नेपालको सार्वभौमसत्तालाई पूर्ण सहयोग गर्ने चीनको प्रतिबद्धता

spot_img
spot_img
spot_img

काठमाडौं : मंसिर १५, चिनियाँ रक्षामन्त्री वेई फेङहेको नेपाल भ्रमणको क्रममा के–के विषयमा छलफल भयो भन्ने बारेमा परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मित्रवत कुरा भएको र भेटघाट भएको भन्दा अरु केही उल्लेख छैन । तर आइतबार साँझबाट चिनियाँ सञ्चार माध्यममा भने केही विषय बाहिर आउन थालेका छन् ।

भेटघाटमा राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेतृत्वमा चीनले कोभिड–१९ विरुद्धको लडाइँमा सफलता प्राप्त गरेकोमा बधाई दिएको र नेपालको आर्थिक तथा सामाजिक विकासमा चीनले गरेको दृढ सहयोगप्रति आभार व्यक्त गरेको सोमबार चिनियाँ रक्षा मन्त्रालयले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।

भण्डारीले नेपाल र चीन बिचको सम्बन्ध एकदमै पुरानो रहेको, नेपाल चीनको बेल्ट एण्ड रोडमा सक्रिय सहभागी भएको र दुवै देशका सेनाबिचको सम्बन्ध अझ प्रगाढ बनाउन र सहकार्य बढाउन चाहेको उल्लेख गरेकी छन् । त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षयता दुई देशको बिचमा वृहत र गहिरो कूटनीतिक सम्बन्ध स्थापना गरेको उल्लेख गरेका छन् । ओलीले सन् २०२१ मा चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको १०० वर्ष पुग्ने र सीको नेतृत्वमा चीनले अझ विकास गर्ने विश्वास व्यक्त गरेका छन् । ओलीले चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणले दुई सेनाबिचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् ।

उनले नेपालले अपनाएको चीन एक नीतिको प्रशंसा गर्दै नेपालको स्वायत्तता, सार्वभौमसत्तालाई पूर्णरुपमा सहयोग गर्ने बताए । उनले चिनियाँ पक्ष नेपाली पक्षसँग निरन्तर सम्पर्कमा रहने र सदाझैं नेपालको सैन्य विकासमा सहयोग गर्ने विचार व्यक्त गर्दै दुवै देशको हित, क्षेत्रीय शान्ति र स्थायित्वमा योगदान गर्ने बताए ।

यसैगरी प्रधानसेनापति पूर्णचन्द्र थापासँगको भेटमा अन्तरराष्ट्रिय र क्षेत्रीय अवस्था र नेपाली सेनासँगको सैन्य सम्बन्धको बारेमा कुराकानी भएको उल्लेख छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?