गुल्मी : मंसिर १५, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका सासद तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्ण बिष्टले देशको बागडोर सम्हालेका केही नेताहरुको उन्मादका कारण अहिले मशानघाटमा पुगेको राजतन्त्र जुर्मुराउन थालेको बताएका छ्न् । गुल्मीको धुर्कोट गाउँपालिकामा बन्न लागेको १५ शैयाको अस्पतालको शिलान्यास गर्दै नेता बिष्टले यस्तो बताएका हुन् ।
उनले नेकपा भित्रको विवाद पनि केही नेताहरूको उन्मादका कारण सिर्जित भएको बताए । दलभित्रको खिचातानी फाइदा उठ्हाइन धमिलो पानीमा माछा मार्ने शक्ति सल्बलाए पनि लाखौँ नेपाली जनताको बलिदानीबाट स्थापित गणतन्त्र नडगमगाउने उनको भनाइ थियो । उनले देशको बागडोर सम्हालेका केही नेताहरुको उन्माद बिरुद्ध जन्ता उत्रिन आव्हान समेत गरे ।
कार्यक्रममा प्रदेश सासद तथा नेकपाका केन्द्रिय सदस्य दिनेश पन्थी र धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रेलले नेकपाको सरकारले आज देशभरका ३ सय ९६ वटै स्थानीय तहमा अस्पताल शिलान्यास गर्नु विकट गाउँका जनताका लागि आजको दिन उत्सवमय भएको बताए ।