२० माघ २०७९, शुक्रबार
 |   Fri Feb 3 2023
Logo

अस्पताल शिलान्यास गर्न हेलिकप्टर चार्टर्ड गरेपछि मन्त्री रावलको आलोचना



सुर्खेत : मंसिर १५, कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल हुम्लाको सर्केगाड गाउँपालिकामा अस्पताल शिलान्यास गर्न हेलिकप्टर चार्टर्ड गरेर पुगेका छन् ।

सोमबार बिहान मन्त्री रावलसहित सुर्खेतमा रहेका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहितको टोली नेपाली सेनाको हेलिकप्टर चार्टर्ड गरेर गएका सर्केगाड गएका हुन् ।

गाउँपालिकाको रकमबाट हेलिकप्टरको भाडा व्यहोर्ने गरी मन्त्री रावल अस्पतालको शिलान्यास गर्न सर्केगाड पुगेको गाउँपालिका स्रोतले जनाएको छ । सर्केगाड मन्त्री रावलकै निर्वाचन क्षेत्र हो ।

‘यो मन्त्रीज्यूकै निर्वाचन क्षेत्र हो । त्यसैले गाउँपालिकाले नै व्यहोर्ने गरी हेलिकप्टर चार्टर्ड गरेर मन्त्रीज्यूबाट नै अस्पतालको शिलान्यास गरिएको हो’ गाउँपालिका स्रोतले भन्यो । अस्पतालको उदघाटन गर्न हेलिकप्टर चार्टर्ड गरेको भन्दै मन्त्री रावलको सामाजिक संजालमा आलोचना हुन थालेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय