१२ मंसिर २०७९, सोमबार
 |   Mon Nov 28 2022
Logo

प्रधानमन्त्रीलाई सुरक्षा थ्रेट भएपछि धुम्बाराहीको बैठक बालुवाटार सरियो



काठमाडौं : मंसिर १६, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को धुम्बाराहीमा बस्ने भनिएको सचिवालय बैठक बालुवाटारमा बस्ने भएको छ । मंगलबार विहान महासचिव विष्णु पौडेलले सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नै बस्ने सूचना नेताहरुलाई दिएका छन् । धुम्बाराहीमा बैठक बस्दा सुरक्षा थ्रेट हुने गृह मन्त्रालयको रिर्पोटिङ रहेको भन्दै बालुवाटारमै बैठक बोलाइएको सत्तारूढ नेकपा उच्च स्रोतको दाबी छ ।

नेताहरुले भने पार्टी कार्यालय, धुम्बाराहीमा बैठक बस्दा ‘सुरक्षा थ्रेट’ हुने तर्कप्रति आश्चर्य व्यक्त गरेका छन् । एक नेता भन्छन्, ‘आफ्नै पार्टीको सरकार छ, पार्टी कार्यालयमा बैठक बस्दा सुरक्षा थ्रेट हुन्छ भन्नु आफैंमा अनौठो छ ।’


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: