१३ चैत्र २०७९, सोमबार
 |   Mon Mar 27 2023
Logo

पाँच हजार घुस सहित सवइन्जिनियर रंगेहात पक्राउ



स्याङ्जा– भीरकोट नगरपालिका–१ बयरघारीबाट अख्यितार दुरुपयोग अनुसन्धान आयोगले पाँच हजार घुस खाएको आधारमा सवइन्जिनियर भगवती राउतलाई पक्राउ गरेको छ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन ईकाई स्याङ्जा भिरकोट नगरपालिकाका सवइञ्जिनियरलाई अख्तियारले रंगेहात पक्राउ गरेको हो। राउतले भुकम्प पुनःनिर्माण लाभग्राहीको घर निर्माणमा रकम निकासा गरिदिए बापत घुस माग गरिरहेको भन्ने सूचना एवं उजूरी निवेदनका आधारमा आयोगको कार्यालय पोखराबाट गएको टोलीले उनलाई पक्राउ गरेको हो।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय