१३ चैत्र २०७९, सोमबार
 |   Mon Mar 27 2023
Logo

ओलीको आग्रहपछी सचिवालय बैठक एक घण्टा पर सारियो



काठमाडौं : मंसिर १७, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक निर्धारित समय भन्दा एक घण्टा पछाडि सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली पनि बैठकमा सहभागी हुन सहमत भएसँगै उनको चाहनाअनुसार बैठक बुधबार दिउँसो २ बजेलाई सारिएको हो । 
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको औचित्य नभएको भन्दै सहभागी नुहने बताएका थिए । तर, बहुमत सदस्य ओलीको सहभागिता बिनै पनि बैठक बसेर निर्णय गर्ने अडानमा पुगेपछि ओली दवावमा परेका थिए । 

यसबारे रणनीति बनाउन बालुवाटारमा भएको ओली पक्षीय छलफलले बैठकमा सहभागी हुनुनै सही हुने निष्कर्ष निकालेपछि उनी बैठकमा सहभागी हुन राजी भएको बताइएको छ ।

बालुवाटारको रणनीतिक बैठकमा ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ लगायतको सहभागिता रहेको थियो भने सो छलफलमा पनि ओलीले प्रचण्डको प्रस्तावको आलोचना गर्दै त्यसको खारेजी हुनैपर्ने बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय