एजेन्सी : बेलायतले फाइजर/बायोएनटेकले बनाएको कोरोना भाइरसविरुद्धको खोप सर्वासारणको प्रयोगका लागि स्वीकृति दिएको गरेको छ ।
जर्मन कम्पनी बायोएनटेक र अमेरिकी कम्पनी फाइजरले बनाएको खोप कोरोना भाइरसको संक्रमण रोक्नमा ९५ प्रतिशत सफल भएको तेस्रो तथा अन्तिम चरणको मानवीय परीक्षणले देखाएको थियो ।
त्यसपछि सो खोप स्वीकृतिका लागि निवेदन दिइएकोमा बेलायतको नियामक निकाय एमएचआरएले स्वीकृति प्रदान गरेको हो ।
एमएचआरएले फाइजरको खोपको प्रभावकारिता ९५ प्रतिशतसम्म देखिएको भन्दै सर्वसाधारणलाई बिस्तारित तहमा प्रदान गर्नका लागि सुरक्षित रहेको बताएको हो ।
उच्च प्राथमिकता समूहमा रहेका व्यक्तिहरुलाई अबको केही दिनभित्र फाइजरको खोप दिन थालिने छ ।
इतिहासमै सबैभन्दा छिटो कुनै पनि खोप विकास भएर सर्वसाधारणको प्रयोगमा आउन थालेको हो । मात्रै १० महिनामा खोप तयार भएको हो । सामान्य अवस्थामा खोप बनाउनका लागि दशक लाग्ने गर्छ ।