Wednesday, February 19, 2025

ट्रेन्डिङ :

काठमाडौँ उपत्यकामा ७२३ सहित देशभर १४९० जनामा कोरोना संक्रमण पुष्टि

spot_img
spot_img

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर १ हजार ५ सय ६७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ।

पछिल्लो २४ घण्टामा ८ हजार ३०० सय पीसीआर परीक्षण भएको छ। हाल देशभर १६ हजार ५ सय ४७ जना सक्रिय संक्रमित छन् भने ६ सय ५ जना क्वारेन्टिनमा छन्।

त्यस्तै काठमाडौँ उपत्यकामा बुधबार थप ७२३ जनामा कोरोना भाइरुसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ५३१, भक्तपुरका ५८ तथा ललितपुरका १३४ जनामा संक्रमण पुष्टि भएको हो।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?