Monday, March 17, 2025

ट्रेन्डिङ :

देउवाले ओलीलाई फोन गरेपछि वरिष्ठ नेता पौडेल रिहा

spot_img
spot_img

काठमाडौं : मंसिर १७, नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् । निषेधाज्ञा उल्लंघन गरेको भन्दै आज दिउँसो पक्राउ गरिएका नेता पौडेललाई साझ रिहा गरिएको हो । पौडेलसँगै पक्राउ परेका काँग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेलाई पनि रिहा गरिएको छ ।

व्यास नगरपालिकाका दुई वडा जोड्ने पुलको उद्घाटनका लागि पुगेका पौडेललाई प्रहरीले गिरफ्तार गरेको थियो । रिहापछि नेता पौडेलले अधिनायकवादी चरित्र देखाउँदै आफूलाई पक्राउ गरिएको बताए । उनले सरकारले शक्ति दुरूपयोग गरेको आरोप लगाएका थिए । पौडेलले बिहीबार बिहान पुल उद्घाटन गरिने जानकारी गराए । 

आफ्नो पालामा निर्माण भएको पुल उद्घाटन गर्न स्थानीय सरकार र पुल निर्माण समितिले आफूलाई बोलाएकाले गएकोमा सरकारले सुरक्षा दिनुको सट्टा उल्टो अधिनायकवादी चरित्र देखाएको पौडेलको भनाइ थियो ।
काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको धरपकडलाई लिएर प्रधानमन्त्रीलाई फोन गरेका थिए । देउवाले प्रधानमन्त्रीलाई फोन गरी नेता पौडेललाई किन पक्राउ गरेको भनेर प्रश्न गरेका थिए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?