Saturday, February 15, 2025

ट्रेन्डिङ :

सत्तारूढ नेकपाको विवाद : ओलीपछि प्रचण्ड र राष्ट्रपति भण्डारीको भेटवार्ता

spot_img
spot_img
spot_img

काठमाडौं : मंसिर १८, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास गएका छन् । पार्टीभित्र बढेको विवादका बीच प्रचण्ड राष्ट्रपति भण्डारीलाई भेट्न बिहीवार साँझ राष्ट्पति भेट्न शीतलनिवास पुगेका हुन् ।

यसअघि बिहीबारै प्रधानमन्त्री केपी शर्माओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास गएका थिए । प्रधानमन्त्री ओली र राष्ट्पतिबीच करिब २ घण्टा भेटवार्ता भएको थियो । राष्ट्पति  र अध्यक्ष प्रचण्डबीच भने करिब एक घण्टा भेटवार्ता भएको छ । सत्तारूढ नेकपामा विवाद बढ्ने बित्तिकै नेताहरु शीतलनिवास जाने गरेका छन् ।

सत्तारूढ नेकपाको विवादमा राष्ट्पतिले समेत चासो देखाउने गरेकी छन् । यसअघि पनि राष्ट्रपति भण्डारीले नेताहरुलाई बोलाएर पार्टी एकता नटुटाउन आग्रह गरेकी थिइन् । श्रोतका अनुसार आजको भेटमा पनि राष्ट्रपतिले पार्टीमा बढेको विवादबारे चासो राखेको बुझिएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?