Monday, September 9, 2024

ट्रेन्डिङ :

ओलीको पत्र, प्रचण्डले प्रतिवेदन फिर्ता नलिए स्थायी कमिटी बैठकमा बस्दिन

काठमाडौं : २१ मंसिर । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक सम्पन्न भएको छ ।

बैठकको सुरुमै सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री ओलीले पठाएको पत्र पढेर सुनाएका थिए । ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमाथि औपचारिक रूपमा छलफल गर्न नसकिने उल्लेख गर्दै पत्र पठाएका थिए ।

उक्त पत्रमा ओलीले कार्यकारी अध्यक्ष दाहालल गते कात्तिक २८ गते बैठकमा पेश गरेको राजीतिक प्रतिवेदन फिर्ता नलिएसम्म बैठकमा उपस्थित नहुने उल्लेख गरेका छन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको आजको बैठकले स्थायी कमिटीको अर्को बैठक मंसिर २८ गते बस्ने र केन्द्रीय समितिको बैठक पुस ५ गतेसम्म सार्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले दिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?