Wednesday, March 19, 2025

ट्रेन्डिङ :

ट्रक दुर्घटना हुँदा दार्चुलामा ३ जनाको मृत्यु

spot_img
spot_img

दार्चुला- दार्चुलामा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका १ भर्तोलामा ना ३ ख ३४८५ नम्बरको ट्रक गएराति दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

शैलेशिखर ९ गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगा जाँदै गरेको ट्रक दुर्घटना हुँदा बैतडीका २४ वर्षीय शेरबहादुर कार्की र बैतडीको दोगडाकेदार–६ का २४ धनसिङ भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता पुष्कर सिंह ऐरिले बताए । अर्का एक जनाको सनाखत हुन सकेको छैन । ट्रक सडकबाट करिब १ सय मिटर तल खसेको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?