Sunday, January 19, 2025

ट्रेन्डिङ :

बम विष्फोटका घाइतेहरुलाई जिउँदै इट्टाभट्टामा जलाउने अफताव आलमका भाइ महताव पक्राउ

spot_img
spot_img
spot_img

रौतहट, २२ मंसिर । १३ वर्ष अगाडि बम विष्फोटनमा परेका घाइतेहरुलाई जिउँदै इट्टाभट्टमा हालेर हत्या अभियोगमा हाल पूर्पक्षका लागि थुनामा रहेका नेपाली काँग्रेसमा नेता अफताव आलमका भाइ महताव आलमलाई प्रहरीले पक्राउ गरेको छ ।

सो घटनाको मुख्य योजनाकार रहेका भनिएमा महतावलाई प्रहरीले भारतको मोतिहारीबाट पक्राउ गरेको हो । प्रहरी श्रोतका अनुसार उनलाई भारतीय प्रहरीसँग समन्वयन गरेर नेपाल ल्याउने तयारी भइरहेको छ । प्रहरीले भने यसको आधिकारिक पुष्टि गरिसकेको छैन् ‌ ।

प्रथम संविधानसभाको अघिल्लो दिन वि.सं. २०६४ चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा नोपली काँग्रेसका नेता शेख इद्रिसको घरमा बम विस्फोट निर्वाचनलाई लक्षित गरेर बम बनाउँदै गर्दा बम बिस्फोट हुँदा २ जनाको मृत्यु भएको थियो ।

सो घटनामा सासंद आलमको संलग्नता रहेको र वम विष्फोटनमा परेर घाइते परेका २३ जनालाई आलमले इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा किटानी जाहेरी परेको थियो । सो विष्फोटनमा परेर सरुअठाका २४ वर्षका त्रिलोक प्रताप सिंह र २२ वर्षका ओसी अख्तरको मृत्यु भएको थियो ।

घटना लगतै मृतक त्रिलोक प्रताप सिंह बुबा श्रीनारायण सिंह र ओसी अख्तरका आमा रोक्साना खातुनले सासंद मोहम्द आफताब आलम सहित महताब आलम, मोविन आलम, शेख भदई र शेख सरोज विरुद्ध किटानी जाहेरी दिएका थिए ।

अफताव आलमलाई रौतहट प्रहरीले २०७६ असोज २६ गते पक्राउ गरेको थियो भने महताव भने फरार रहेका थिए । महतावको पक्राउ पछि सो घटनाको बारेमा थप रहस्यहरु खुल्दै जाने प्रहरीले विश्वास लिएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?