काठमाडौं : मंसिर २२, प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर राजावादीहरुको आन्दोलन बढेसँगै यसबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । ओलीले मंगलबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले प्रधानमन्त्रीले मंगलबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाएको पुष्टि गरे ।
पछिल्लो समय देशभर राजवादीको आन्दोलन चर्किएपछि गणतन्त्र पक्षधरहरु एक ठाउँमा हुनुपर्नेमा जोड दिँदै आएका छन् । गत शनिबारमात्रै प्रधानमन्त्रीको गृह जिल्ला झापासहित देशका विभिन्न स्थानमा राजावादीले प्रदर्शन गरेका थिए ।