Sunday, September 8, 2024

ट्रेन्डिङ :

नेपालसँग चीनको राजनीतिक विश्वास बढ्यो : सी जिनपिङ

काठमाडौं : मंसिर २३, चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालसँग राजनीतिक विश्वास बढेको बताएका छन् । मंगलबार नेपाल र चीनद्वारा संयुक्त रुपमा सगरमाथाको उचाई घोषणा कार्यक्रममा चिनियाँ राष्ट्रपतिको सन्देश पढ्दै चिनियाँ पक्षले नेपालमा पछिल्लो समय भएको उच्चस्तरीय राजनीतिक भ्रमणले नेपालसँग राजनीतिक विश्वास बढेको बताएका हुन् ।

नेपालको एकता, स्थिरता र विकासका लागि चीन सहकार्य गर्न तयार रहेको सीको भनाइ थियो । यस्तै, उनले सगरमाथा नेपाल र चीनबीच अनन्य मित्रताको प्रतिक भएको बताउँदै हिमाली क्षेत्रमा थप अध्ययन अनुसन्धान गर्न र वातावरण संरक्षणका लागि नेपालसँग सहकार्य गर्ने गत वर्षको सहमति पनि स्मरण गराएका थिए ।

यता, राष्ट्रपति विद्यादेवी भण्डारीले सगरमाथाको उचाइ घोषणाको दिनलाई ऐतिहासिक भएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध सगरमाथा जस्तै भएको बताईन् । सन्देशमा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षीको नेपाल भ्रमण र आफ्नो चीन भ्रमणले दुई देशबीच सम्बन्ध थप प्रगाढ बनाएको बताईन् ।
नेपाल र चीनले सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गरे पनि मापनका लागि प्राविधिक काम भने बेग्लाबेग्लै गरेका थिए । सरकारले भने पहिलोपटक आफ्नै खर्चमा सगरमाथाको उचाइ मापन गरेको हो । यसअघि सन् १९५४ मा नेपालको स्वीकृतिमा भारतको सर्भे अफ इन्डियाको टिमले सगरमाथाको उचाइ मापन गरेको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?