Monday, October 7, 2024

ट्रेन्डिङ :

सर्वदलीय बैठकमा सरकारमाथि हमला : प्रचण्ड, नेपाल र खनाललाई बोल्नै दिईएन

काठमाडौं : मंसिर २३, सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्माओली निरीह बनेका छन् । कोभिड १९ को नियन्त्रण, राजनैतिक उपलब्धिहरूको रक्षा, संविधान विरोधी र हिंसात्मक गतिविधिहरू बढ्दै गएपछि संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गर्न बालुवाटारमा बोलाइएको बैठकमा सत्तारुढबाहेक दलका नेताहरुले सरकारकै कारण मुलुकमा अराजकता मौलाउन थालेको धारणा राखेपछि प्रधानमन्त्री निरीह बन्न पुगेका थिए । ३ घण्टा चलेको बैठकको शुरूमै प्रधानमन्त्री ओलीले छलफलका विषयवस्तुबारे प्रकाश पार्दै सहभागीहरुको धारणा मागेका थिए ।

त्यसपछि बोल्ने राजनीतिक दलका नेताहरुले सरकारको कार्यशैली, व्यवहार र संविधान कार्यन्वयनमा देखाएको बेवास्ताका कारण विभिन्न स्वार्थ समूहका नाममा सडक आन्दोलन, हिंसा र अराजकता बढ्न पुगेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । बैठकमा सहभागी सत्तारुढ दलका तर्फबाट पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाललाई बोलाइए पनि उनीहरुलाई बोल्नका लागि समय भने छुट्याइएको थिएन ।

बोल्नेहरु सबैले सरकारको आलोचना गरेको भन्दै नेता खनालले जनाकारी दिए । ठीक ढंगले काम गर्न नसकेको, संविधानको सहि कार्यान्वयन हुन नसकेको, संघीयताको सहि कार्यन्वयन गर्न नसकेको, जनताको आर्थिक विकास गर्न नसक्दा जनता असन्तुष्ट बनेको भन्दै सबैले सरकारकै आलोचना गरेपछि प्रधानमन्त्री निरीह बन्न पुगेको खनालले बताएका छन् ।

बैठकमा काँग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवाले सडकमा देखिएको प्रदर्शन सरकारको कार्यशैली प्रतिको असन्तुष्टि हो भन्दै संविधानको मर्मअनुसार नचल्दा सडकमा असन्तुष्टि पोखिन थालेको बताएका थिए । सडकमा राजावादीदेखि लिएर अन्य समूहहरुले प्रदर्शन गर्नुमा पनि सरकारकै कार्यशैली जिम्मेवार रहेको धारणा काँग्रेसले राखेको डा. महतले बताएका थिए ।

राप्रपाका नेता दीपक बोहोराले कोभिड १९ को उपचारमा सरकार चुकेको र सरकारकै संरक्षणमा भ्रष्टाचार बढेको बताएका थिए । उनले सडकमा भइरहेको आन्दोेलनमा राप्रपाको नैतिक समर्थन रहेको बताएका थिए ।

पछिल्लो समय देशभर राजवादीको आन्दोलन चर्किएपछि गणतन्त्र पक्षधरहरु एक ठाउँमा हुनुपर्नेमा आवाज उठ्दै आएको छ । बैठकमा पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका नेता तथा पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खानाल, माधवकुमार नेपाल, वामदेव गौतम, पूर्व सभामुख सुभाषचन्द्र नेम्वाङ, उपप्रधानमन्त्री ईश्वर पोख्रेल, अर्थमन्त्री बिष्णु पौडेल सहभागी थिए । त्यस्तै काँग्रेसका नेताहरु रामचन्द्र पौडेल, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला र प्रकाशशरण महत सहभागी थिए । जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव सहभागी बैठकमा राप्रपाका नेता दिपक बोहोरा र जनमोर्चाका जनकराज शर्मा तथा नेमकिपाका प्रेम सुवाल सहभागी थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?