११ चैत्र २०७९, शनिबार
 |   Sat Mar 25 2023
Logo

नेपालमा कोरोना संक्रमण निको हुने दर ९४.३२ प्रतिशत



काठमाडौं- नेपालमा केही दिनदेखि सङ्क्रमित निको हुने दर बढिरहेकाे छ । काेराेना भाइरसबाट निको हुने दर ९४.३२ प्रतिशतमा उक्लेकाे छ । पछिल्लाे चाैबीस चौबीस घण्टामा एक हजार ४८३ जना सङ्क्रमित निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित निको भएकाे जनाएका हुन् ।

हालसम्म दुई लाख ३० हजार ५३७ जना सङ्क्रमित निको भइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !