काठमाडौं : मंसिर २५, कोरोना संक्रमणबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं दक्षिण कोरियाका लागि नेपालका पूर्व राजदूत कमानसिंह लामाको निधन भएको छ । उपचारको क्रममा गए राति उनको निधन भएको हो ।
गत मंसिर १० गते टेकु अस्पतालमा पीसीआर परीक्षणका गर्दा उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । शिक्षण अस्पतालमा उपचारका क्रममा लामाको निधन भएको नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले जानकारी दिए । ६९ वर्षीय लामा लामा सुगरका रोगी थिए । पूर्व सांसदसमेत रहेका लामा तामाङ घेदुङका केन्द्रीय सल्लाहकारसमेत रहेका थिए ।
लामा ०४८ सालमा तत्कालिन संयुक्त जनमोर्चा, नेपालको तर्फबाट काभ्रेबाट सांसदमा बिजयी भएका थिए । उनी सन् २०१२ देखि १६ सम्म दक्षिण कोरियाको राजदूत रहेका थिए ।