३० असार २०८१, शनिबार | Sat Jul 13 2024

Logo

देशभर १२१७ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु



काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १ हजार ६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ३१ हजार ६ सय १ पुगेको छ। हाल देशभर १२ हजार ३ सय ८६ जना सक्रिय संक्रमित छन् भने ५ सय १५ जना क्वारेन्टिनमा छन्।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ६३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !