काठमाडौं : मंसिर २५, प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाबीच भेटवार्ता भएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र चौथाइवाबीच भेट भएको हो। भेटमा अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी थिए। भेटमा दुई देशको जनस्तरको सम्बन्ध विस्तार गर्ने बारेमा सामान्य कुराकानी भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले बताए। यसअघि भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला मंसिर ११ गते नेपाल आएका थिए।