Friday, January 24, 2025

ट्रेन्डिङ :

विप्लवले जनयुद्धको भद्दा नक्कल गर्न खोजेको डा. भट्टराईको आरोप

spot_img
spot_img
spot_img

काठमाडौँ : मंसिर २७, जनता समाजवादी पार्टी, नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले जनयुद्धको भद्दा नक्कल गर्न खोजेको आरोप लगाएका छन् । साथै उनलेे विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासँग सरकारले वार्ता गर्नुपर्ने बताएका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मोरङमा शिक्षकको हत्या गरेको घटनाप्रति सामाजिक सञ्जालमार्फत चौतर्फी आलोचना भइरहेको बेला भट्टराईले वार्ताको कुरा उठाएका हुन् । २३ मंसिरमा विप्लव नेतृत्वको नेकपाले मिक्लाजुङ गाउँपालिकाका–१ स्थित सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको हत्या गरेको थियो ।

शुक्रबार साँझ एक ट्वीट गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले चन्द समूहको आन्दोलनलाई नीति कथाको बाँदरले मान्छेले दारी खौरेको नक्कल गर्न खोज्दा आफ्नै नाक काटेको उदाहरण दिएर व्यङ्ग्यसमेत गरेका छन् । यसका अलवा उनलेचन्द विप्लवलाई गलत नीति त्यागी वार्तामा आउन सुझाव पनि दिएका छन् ।

भट्टराईले उक्त घटनबारे टिप्पणी गर्दै यसले राज्यलाई थप हिंसा मच्चाउन सहयोग पुग्ने भन्दै विप्लवलाई सच्चिन आग्रह गरेका छनन् । ‘व्यक्ति हत्याको गलत नीतिले कुमार पौडेलहरूलाई नक्कली मुठभेडमा मार्ने सरकारलाई बल पु‍र्याइरहेछ,’ भट्टराईले लेखेका छन्, ‘चन्द समूहले गलत नीति त्यागोस् राज्यले सार्थक वार्ता गरोस् ।’

शिक्षकको हत्या प्रकरणबारे विप्लव नेतृत्वको नेकपाले भने आफ्नो पार्टीको सुराकी गरेकाले हत्या गरिएको दाबी गरेको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?