३० असार २०८१, शनिबार | Sat Jul 13 2024

Logo

बेलडाँडीमा चोरहरुको गिरोह सक्रिय



कञ्चनपुर, २७ मंसिर । कञ्चनपुरको बेलडाँडीमा चोरहरुको गिरोह सक्रिय रहेको छ । भने स्थानीय शान्ति सुरक्षाको पहरेदारका रुपमा खटिएको नेपाल प्रहरी निरिह देखिको छ ।

प्रहरी कार्यालय नजिकै शुक्रबार राति बेलडाँडी गाउँपालिका वडा नम्बर- २ का अध्यक्ष प्रेमराज खातीले प्रयोग गर्ने सरकारी मोटरसाईलक घरको आगनबाटै चोरी भयो तर नजिकै डिउटी खटिएका प्रहरीले समेत सुइँको पाएनन् ।

इलाका प्रहरी कार्यालय देखि करिब सय मिटरको दुरीमा अध्यक्ष खातीको घर छ । घरको आगनबाटै राति करिब २ बजेतिर मोटरसाइकल चोरी भएको बताइएको छ । यहाँ प्रहरीको नजिकैबाट चोर सक्रिय हुनले चोरको चाल प्रति बढो अचम्म लागेको स्थानीयको भनाइ छ ।

राति सुति रहेको समयमा बेलडाँडी गाउपालिकाको नाममा रहेको म। १ ब ४०९ नम्बरको सरकारी मोटरसाईकल चोरी भएको हुन सक्ने ईलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।

उनले राति चोरी भएको खबर पाउने बितिक्कैबाट खोजी कार्य जारी रहेको बताए पनि यस अघिका चोरी घटनाले बेलडाँडी प्रहरीको अनुसन्धानमा विश्वास गर्ने थोरै आधार समेत नरहेको स्थानीयको जिकिर छ ।

यसअघि सो क्षेत्रमा मोटरसाइकल देखि लिएर विभिन्न चोरीका घटना मौलाउदै जादा अझैसम्म प्रहरीले ती चोर गिरोह अनुमान समेत गर्न नसक्नु चिन्ताको विषय रहेको स्थानीयको ठहर छ ।


प्रतिक्रिया दिनुहोस !