Saturday, February 8, 2025

ट्रेन्डिङ :

कोरोनाबिरुद्धको फाइजरले बनाएको खोप प्रयोग गर्न अमेरिकाले दियो अनुमति

spot_img
spot_img
spot_img

एजेन्सी, मंसिर २७ । अमेरिकामा पनि कोरोना भाइरसविरुद्ध फाइजर–बायो टेक कम्पनीको खोपले आम सर्वसाधारणलाई लगाउनका लागि अनुमति पाएको छ ।

अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) ले अमेरिकी समयअनुसार शुक्रबार आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरेको हो ।

फक्स न्यूजका अनुसार पहिलो चरणमा यो खोप अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र जोखिमयुक्त क्षेत्रम काम गर्नेहरुलाई दिइनेछ । यसअघि बेलायत, बहराइन र क्यानडाले आकस्मिक प्रयोगका लागि अनुमति दिइसकेका थिए ।

अमेरिका कोभिड–१९ बाट सबैभन्दा बढी मानवीय क्षति ब्यहोर्ने राष्ट्र हो । जहाँ अहिलेसम्म तीन लाख व्यक्तिको मृत्यु भइसकेको छ भने एक करोड ६३ लाख व्यक्ति संक्रमित भएका छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?