नेपालगञ्ज : मंसिर २८, कोरोना संक्रमणबाट नेपालगञ्ज उपमहानगरपालिका ४ का ५२ वर्षीय शाखा अधिकृत दानबहादुर विष्टको निधन भएको छ। नेपालगञ्ज उपमहानगरपालिकाको शिक्षामा कार्यरत विष्टको उपचारका क्रममा भेरी अस्पतालमा आइतबार निधन भएको जिल्ला कोरोना संकट ब्यवस्थापन समितिले जनाएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि विष्टले २४ मंसिरमा कोरोना परीक्षणका लागि नमूना दिएका थिए । उनको २५ मंसिरमा कोरोना रिपोर्ट पजेटिभ आएको थियो । उनलाई उपचारका लागि २६ मंसिरमा भेरी अस्पताल भर्ना गरिएको थियो । कडा खाले कोभिडका कारण उनको निधन भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार सबै प्रकारको उपचार गर्दा पनि विष्टको बिहान ३ः३० बजे निधन भएको हो । विक्रम सम्वत् ०५० सालबाट उनी शिक्षा सेवामा प्रवेश गरेका थिए । यो सँगै बाँकेमा कोरोना संक्त्युरमणबाट निधन हुनेको संख्याा ४१ पुगेको छ ।