Wednesday, February 19, 2025

ट्रेन्डिङ :

सिँचाई गर्न बनाइएको प्लास्टिकको कृत्रिम पोखरीमा डुबेर ३ बालिकाको मृत्यु

spot_img
spot_img

तेह्रथुम : मंसिर २८, तेह्रथुममा सिँचाई गर्न बनाइएको प्लास्टिकको कृत्रिम पोखरीमा डुबेर तीन जना बालिकाहरुको मृत्यु भएको छ। छथर गाउँपालिका वडा नम्बर ६ सुदाप च्याङलुङ गाउँमा स्थानियबासीले तरकारीमा सिँचाई गर्न प्लाष्टिक लगाएर बनाएको पोखरीमा जमेको पानीमा डुबेर शनिबार साँझ ६,७ र ८ बर्षका तीन जना बालिकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मृत्यु हुनेहरुमा ६ वर्षिया रोजिना लिम्बु, ७ वर्षिया रञ्जना लिम्बु र ८ वर्षीया सुहाना लिम्बू छन्। रञ्जना र रोजिना दिदी बहिनी हुन्।

दिउँसो घरबाट खेल्न निस्कएका बालबालिकाहरु घर नआएपछि खोजी गर्ने क्रममा तीनै जनाको शव प्लाष्टिकको पोखरीमा फेला परेको वडा अध्यक्ष टेकराज लिम्बुले जानकारी दिए। तरकारीमा सिँचाई गर्न बनाइएको प्लाष्टिकको पोखरीमा करिब ६ फिट गहिरो पानी थियो। खेल्ने क्रममा दिउँसो गर्मी भएपछि बालिकाहरु लुगा खोलेर पौडी खेल्न पोखरीमा पसेको तर चिप्लिएर निस्कन नसक्दा डुबेर मृत्यू भएको हुनसक्ने स्थानियको अनुमान छ। घटनास्थल कोशी राजमार्ग स्थित सिँजुवा बजारदेखि करिब २० किलोमिटर टाढा पुर्व पर्छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?