Saturday, February 15, 2025

ट्रेन्डिङ :

प्रदेश १ मा ओली र प्रचण्ड नेपाल समुहको धमाधम गुटगत भेला

spot_img
spot_img
spot_img

मोरङ : मंसिर २८, सत्तारुढ नेकपाको केन्द्रको विवादको आगो तल प्रदेश र पालिकास्तरसम्म नै सल्किन पुगेको छ । अझ राजनीतिक रुपमा ओली पक्षकै बहुमत रहेको प्रदेश १ मा एकले अर्कोपक्षलाई काउन्टर दिने राजनीतिक कार्यक्रम आयोजना हुन थालेका छन् । पहिले ओली पक्षले कार्यक्रम गर्ने र त्यसलाई लगत्तै प्रचण्ड–नेपाल पक्षले काउन्टर दिने गरेका हुन् । पार्टीको गुटमा मात्र नभएर गुटगत रुपमा पार्टीका भातृसंगठनको भेलासमेत क्रमशः सहर सहरमा हुन थालेका छन् । शनिबार मोरङमा प्रधानमन्त्री केपी ओली निकटका विद्यार्थी तथा भातृ संगठनले गुटगत भेला गरेको छ ।

शनिबार गछियाको सिग्देल प्रतिष्ठानको भवनमा राष्ट्रिय युवा संघको प्रदेशस्तरीय भेला भएको हो। तर, कार्यक्रममा ओली पक्षधर र उनलाई नेता मान्नेहरु मात्र सहभागी थिए । तर, त्योभन्दा फरक गुटका युवालाई निमन्त्रणा गरिएको थिएन । सत्तारुढ नेकपाकै अर्को गुट प्रचण्ड–नेपाल समूहका युवा नेताकार्यकर्ताको सहभागिताबिना गरिएको कार्यक्रममा एक हजारभन्दा धेरै सहभागी भएको युवा नेता भाष्कर खनालले जानकारी दिए । खनालका अनुसार धेरै ठाउँबाट मोटरसाइकल र्यालीसहित युवा नेता तथा कार्यकर्ता गछिया चौक पुगेका थिए ।

झापा, मोरङ र सुनसरीका पालिकाहरुबाट भने युवाको मोटरसाइकल र्यालीसमेत निस्किएको थियो । कार्यक्रममा युवा संघका सहसंयोजक रमेश पौडेल र मदन भण्डारी फाउन्डेसन प्रदेश १ संयोजक गोपाल गुरागाईं, संघका पूर्वसचिव वचनबहादुर सिंह पूर्वउपाध्यक्ष पर्शुराम बस्नेत, नेता रविन थापा, राजु कार्की, उर्मिला सुनार, रोशन बस्नेतलगायत सहभागी थिए ।

प्रधानमन्त्री केपी ओली आफैं सहभागी भई केहीअघि शुरु भएको गुटको भर्चुअल भेला लगत्तै प्रचण्ड–नेपाल समूहले इटहरीमा भौतिक उपस्थिति सहितको राजनीतिक कार्यक्रम आयोजना गरेको थियो । पूर्वमन्त्री तथा हालका संघीय सांसद शिवकुमार भण्डलको प्रमुख आतिथ्यमा प्रचण्ड–नेपाल निकटका नेता कार्यकर्ता सहभागी भएको छलफल कार्यक्रमबाट स्थायी कमिटी र सचिवालय बैठकमा नेतालाई एकताको लागि दबाब दिन आयोजना गरिएको भनियो । नेकपाका एकजना प्रदेश सदस्यले पार्टी एकताकै लागि दबाब दिन त्यो भेला आयोजना गरिएको बताएका छन् । उनले भने,“पार्टी विधि र पद्धतिअनुसार चल्नु पर्छ भनेर कार्यक्रम गरिएको हो ।”

यसअघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक ऐन महरले विराटनगर आएर आफूपक्षीय भेला राखेका थिए । त्यो कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीको पनि सहभागिता थियो । भेलामा प्रचण्ड–नेपाल पक्षका विद्यार्थीलाई डाकिएको थिएन । अलग समूहको अलग्गै कार्यक्रम आयोजना गरिएपछि प्रचण्ड–नेपाल समूहका विद्यार्थीले विराटनगरमै कार्यक्रम गर्ने तयारी गरिरहेका छन् । मंसिरभित्रै आयोजना गर्ने भनिएको कार्यक्रमको तयारी जुटिसकेको प्रचण्ड–ओली पक्षीय युवा नेताहरुको भनाइ छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?