काठमाडौं : मंसिर ३०, मुलुकमा सुरक्षा चुनौती थपिएको भन्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले देशका विभिन्नस्थानमा रहेका गण, गुल्ममा पुगेरै शान्ति सुरक्षाका अवस्थाबारे जानकारी लिन थालेका छन् । तर तल्लो निकायमा प्रत्यक्ष संवाद थालेका प्रधानसेनापति थापाको यो नियमित प्रक्रिया भएको सैनिक मुख्यालयले जानकारी दिएको छ ।
सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टीले जनसरकार घोषणा, विष्फोटन र सांगठानिक गतिविधिमा तीब्रता दिएपछि प्रधानसेनाति थापाले तल्लो तहसँग प्रत्यक्ष संवाद थालेका हुन् । सरकारले पनि सबै सुरक्षा अंगहरुलाई हिंसात्मक गतिविधि नियन्त्रणका लागि सुक्ष्म अध्ययन गर्न निर्देशन दिएको बताएको छ । हालै सेनाले पनि विद्रोही नेकपाका गतिविधिमा निगरानी गर्न मातहतलाई निर्देशन दिएको छ ।
जागिर छोड्ने क्रम बढ्दै जाँदा चिन्ताः
अहिले नेपाली सेनाका जवानहरुले छिटो जागिर छोडेर जाने प्रवृत्ति विकास हुँदै गएको छ । वैदेशिक रोजगारीमा आकर्षण बढ्न थालेपछि मुख्यालय यसमा पनि चिन्तित बनेको छ । प्रधानसेनापति थापाले अवकाश पाएपछि आफ्नै मुलुकमा केही गर्न उत्प्रेरित गरेका छन् । उनले सेनाले शिपमुलक तालिम दिंदै आएको, कृषि सम्बन्धि तालिम लिएर स्वरोजगार हुन आग्रह गरेका थिए । सेनापति थापाले हिउँदमा कोभिड–१९ भाइरसको संक्रमण थप बढ्न सक्ने सम्भावनासमेत भएकाले सुरक्षा मापदण्ड पालना गर्दै सामुन्नेमा आउने परिस्थितिमा प्रदेश तथा स्थानीय सरकारलाई आवश्यक सहयोग गर्न पनि निर्देशन दिएका छन् ।