२५ माघ २०७९, बुधबार
 |   Wed Feb 8 2023
Logo

तराईमा बाक्लो हुस्सु, उपत्यकामा यो बर्षकै न्यून तापक्रम



काठमाडौं : मंसिर ३०, आज काठमाडौं उपत्यकाको तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको छ। आज विहान ६ बजे गरिएको मापनमा काठमाडौँ उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तापक्रम घटेकै कारण आज बिहान काठमाडौँ उपत्यकामा धेरै चिसो महसुस गरिएको छ । मुलुकभर पश्चिमी वायुको असर रहँदा तराईका अधिकांश जिल्लामा बाक्लो हुस्सु लागेको पनि महाशाखाले जनाएको छ ।

आज तराईका अधिकांश क्षेत्र र पहाडका एकाध ठाउँमा पनि हुस्सु लागेको छ । मौसम विद्का अनुसार तराईका अधिकांश क्षेत्रमा हुस्सुरकुहिरो लागेको थियो भने पहाडी क्षेत्रका पनि केही स्थानमा यो देखिएको थियो ।


प्रतिक्रिया दिनुहोस !