Monday, March 17, 2025

ट्रेन्डिङ :

१८ जनाको ज्यान लिने मकुना हात्तीलाई मार्ने तयारी

spot_img
spot_img

सुनसरी : मंसिर ३०, जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएका सुनसरीको कोशी गाउँपालिकाका २८ वर्षिय पुरुषको पोष्टमाटम हुन सकेको छैन् । पीडित पक्षले दीर्घकालीन समाधानको वातावरण तय नभएसम्म अन्तिम संस्कार लगायतका प्रकृयामा नजाने अडान लिएका छन् । हिजो बिहान हरिपुरमा हात्तीको आक्रमणमा परी श्रीपुरका २८ वर्षिय प्रमोद यादवले ज्यान गुमाएका थिए । उनी बिहानीपख खेतमा पानी लगाउने क्रममा हात्तीको आक्रमणमा परेका थिए । यादवको घटनास्थलमै मृत्यु भएको थियो ।

मृतक यादवको शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ । पीडित पक्षका अनुसार प्रशासनसँग आज हुने भनिएको निर्णायक वार्तामा सहमति जेटे मात्र पोष्टमाटम लगायतका अन्य प्रकृया अघि बढ्ने छन् । यन्यथा भए सडक आन्दोलन चर्काउने उनीहरुले चेतावनी दिएका छन् । सोही विषयलाई लिएर आजलाई गाउँपालिकामा सर्वपक्षीय भेला डाकिएको छ । अध्यक्ष ऐयुब अन्सारीले हात्ती आक्रमणको श्रृङखला नरोकिएको र मानवीय क्षति हुने क्रम जारी रहेकाले ठोस रणनीति तय गर्ने उद्देश्यले गाउँपालिकामा भेला डाकिएको बताए ।

उक्त भेलाको निर्णय बमोजिमका बुँदा समेटेर स्थानीय प्रशासनसँगको वार्तामा आवाज उठाइने अन्सारीले बताए । अध्यक्ष अन्सारीले भने, “शवको पोष्टमाटम गरिएको छैन् । जंगली जनावरको आक्रमणबाट आजित बनेका जनता जोगाउन ठोस रणनीति साथ अघि बढ्नु बाहेकको विकल्प छैन् । त्यसैले आरक्षको कार्यालय र प्रमुख जिल्ला अधिकारी सम्मिलित दिउँसो बस्ने बैठकमा बिस्तृत छलफल हुनेछ ।”

यसैबिच सुनसरी प्रशासनले हात्ती मार्ने विषयमा छलफल थालेको छ । पछिल्लो एक डेढ वर्षको अवधिमा मकुना मात्रैले ९ जनाको ज्यान लिएको बताउने सुनसरी प्रशासनले जनताको जिउधनको सुरक्षाको लागि हात्ती मार्न सकिने सम्मको विषयमा छलफल थालिएको बताएको छ । प्रजिअ फणिन्द्रमणि पोखरेलका अनुसार स्थानीयले लामो समयदेखि मकुना हात्तीको आतंक सहदै आएका छन् । जनधनको क्षति समेत बढ्दै गएको छ । हात्तीलाई लठ्याएर नियन्त्रणमा लिनेदेखि अन्य सबै प्रकृया अपनाइएको छ ।

यद्यपि मकुनाको आक्रमण रोकिएको छैन् । त्यसैले कानुनन रुपमा जटिल समस्याका रुपमा देखिएको हात्तीको आक्रमण रोक्न उसलाई मार्ने बारेमा छलफल अघि बढाइएको छ । कोशी टप्पु बन्यजन्तु आरक्षको कार्यालयसँग समेत समन्वय भएको बताउने प्रजिअ पोखरेलले आरक्षबाट समेत सकारात्मक प्रतिकृया प्राप्त भएको बताए ।

पटक पटक जंगली जनावरको आतंक सहदै आएका कोशी गाउँपालिका क्षेत्रका बासिन्दाले मकुना हात्ती बौलाएको भन्दै गोली हान्नु पर्ने माग पूनः उठाएका छन् । पछिल्लो पटक हिजो बिहान समेत मकुनाको आक्रमणमा परी स्थानीयले ज्यान गुमाएपछि उनीहरुले उक्त हात्तीलाई गोली हान्नु पर्ने आवाज उठाएका हुन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?