७ चैत्र २०७९, मंगलवार
 |   Tue Mar 21 2023
Logo

पर्सामा ५२ लाख बढीको अबैध चाँदी बरामद



पर्सा : मंसिर १, भारतबाट भन्सार छली ल्याईएको ६५ किलो चाँदीका तयारी गहना पर्सा प्रहरीले वीरगन्जको एक सुन पसल बाट बरामद गरेको छ। प्रहरीले वीरगंज महानगरपालिका वडा नम्बर ६ स्थित रहेको जय नरसिहँ ज्वेलर्सको भवनमा सुनिता कुमारी सरार्फले सञ्चालन गरेको पसलबाट छापा मारी उक्त परिमाणको चाँदी बरामद गरिएको पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिइन्।

बरामद गरिएको चाँदीको बजार मुल्य ५२ लाख रहेको प्रहरीले जानकारी दिएको छ ।अबैध चाँदी भण्डारण गरि राखिएको गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले कोठामा रहेको फल्स वाल भित्र लुकाई राखीएको उक्त परीमाणको चाँदी बरामद गरेको हो।

पन्तका अनुसार मेशिनबाट बन्ने रेडिमेड चाँदीका गहनाहरु भारतबाटै बनेर आउने गरेको छ । प्राय नेपालबाट भारततर्फ चाँदी जाने गरेको र तयारी गहनाहरु भारतबाट नेपालमा भित्रिने गरेको छ ।बरामद गरिएको चाँदीको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको पन्तले बताइन्।


प्रतिक्रिया दिनुहोस !