२२ माघ २०७९, आईतवार
 |   Sun Feb 5 2023
Logo

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख नजिक



काठमाडौं : पुस २, अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म अमेरिकामा २ लाख ९८ हजार ५९४ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । 

पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ७५४ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा अमेरिकामा २ लाख ४ हजार २८१ संक्रमित थपिएका छन् । 

तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड ६२ लाख ४५ हजार ३७६ पुगेको छ । अमेरिका विश्वमै सबैभन्दा धेरै कोरोना प्रभावित देश हो । अमेरिकाको प्रमुख प्रतिस्पर्धी चीनले पूर्णरूपमा कोरोना नियन्त्रण गरेको थियोे । कोरोनाको उदगम मानिने वुहानमा जम्मा ७० दिनमा कोरोना नियन्त्रण गरेको थियो । जबकि अमेरिका लगायत पश्चिमी देशहरू कोरोना नियन्त्रण गर्न पूर्णरूपमा असफल भएका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय