Sunday, October 6, 2024

ट्रेन्डिङ :

स्यास्थ्य सामग्रीमा भ्रष्टाचार गर्नेलाई कारबाही गर्न लेखा समितिको अख्तियारलाई निर्देशन

काठमाडौं पौष ३, महिनौंको छलफल र सस्साकस्सीपछि स्वास्थ्य सामाग्री खरिद प्रकरणमा थप छानबिन गरि कारबाही गर्न सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

शुक्रबार बसेको समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्यमन्त्री भानुभक्त ढकाललाई बोलाएर छलफल गरेपछि लेखा समितिले यस्तो निर्णय गरेको हो । 

समितिले सार्वजनिक खरिद अनुगमन कार्यालयले समेत खरिद प्रक्रियामा त्रुटि रहेको बताएको र महँगो मूल्यमा सामान किन्न जिम्मेवारी दिइएको र सामानमा गुणस्तर समेत नभएको भन्दै स्वास्थ्य सेवा विभागले नै खरिद प्रक्रिया रद्द गरेको अवस्थामा यसमा थप छानविन गर्नुपर्ने आवश्यकता रहेको निष्कर्ष निकालिएको थियो ।

यद्यपि समितिका सदस्यहरु नै यो विषयलाई त्यतिकै टुङ्गाउने कि छानबिनका लागि लेखी पठाउने विषयमा फरकफरक मत राखेका थिए । सदस्यहरु मीनेन्द्र रिजाल, राजन केसी, प्रदीप यादव लगायतले थप छानविनका लागि अख्तियारलाई लेखि पठाउने निर्णय गर्नुपर्ने पक्षमा देखिए भने अर्का सांसद प्रेम आले भने यो प्रकरणमा राज्यकोषबाट कुनै खर्च नभएको र ठेकेदार कालोसूचीमा परिसकेको अवस्थामा थप कारबाही गर्नुको औचित्य नभएको बताएका थिए । 

समितिले कोही पनि व्यक्ति किटान नगरी दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएको हो । यो निर्देशनसँगै ९ महिनादेखि लेखा समितिमा चल्दै आएको स्वास्थ्य सामाग्री खरिद प्रकरणको बहस सकिएको छ । समितिको महिनौंको छलफलले पनि दोषी को हो भन्ने सम्बन्धमा कुनै निर्णय गर्न सकेन ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?