२५ माघ २०७९, बुधबार
 |   Wed Feb 8 2023
Logo

सर्वोच्चको बार एशोसिएसनका लागि आज निर्वाचन



काठमाडौं : पौष ४, सर्वोच्च अदालतको बार एशोसिएसनमा नयाँ कार्यसमिति चयन गर्न आज निर्वाचन हुँदैछ । नेतृत्वका लागि अविधक्ताद्वय रविनारायण खनाल र पूर्णमानव शाक्य चुनावी मैदानमा उत्रिएका छन् । प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनालले गर्दै छन् भने बृहत् लोकतान्त्रिक समावेशी ९मधेशी, आदिवासी, जनजाति० पेशागत कानुन व्यवासायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता पूर्णमानव शाक्यले गरिरहेका छन् ।

निर्वाचनमा मतदान बिहान ८ बजे सुरू भएर दिउँसो २ बजेसम्म जारी रहने जनाइएको छ । सर्वोच्चको बारका सदस्यहरू कुल ६०५ जना कानुनी व्यवसायीले नेतृत्वका लागि मतदान गर्नेछन् । मतदानका क्रममा कुनै मतदाता कोरोना संक्रमित भएमा लाइन नबसीकन सीधै मतदान गर्ने व्यवस्था गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !